वर्षा र हिमपातका कारण पर्यटक प्रभावित

लोकप्रिय

काठमाडौँ, कात्तिक १२ गते । वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन ।

हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको जनाइएको छ । साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण सास्ती खेप्नु परेको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन ।

सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएपछि विभिन्न स्थानमा पुगेका पर्यटक होटेलमै रोकिएका छन् । म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पदयात्री रोकिएका हुन् । मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण यातायात अवरुद्ध भएपछि उपल्लो मनाङ घुम्न गएका पर्यटक बाटोमै रोकिएका छन् ।

ताजा समाचार

Related Articles