काठमाडौँ, कात्तिक २३ गते । नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा हेटौँडाका एक जनासहित तीन जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका १ का २१ वर्षीय विजय पाख्रिनसहित तीन जना घाइते भएका हुन् । पाख्रिनलाई भवनको भग्नावशेष भित्रबाट जिवितै उद्वार गरिएको विपद् व्यवस्थापन कार्यालय सामखुसीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार आगलागी भएको भाटभटेनी सुपरमार्केट आइतबार दिउँसो भत्काउने क्रममा घाइते हुनेमा पाख्रिनसहित ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ घाइते हुनुभएको हो । उहाँहरुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

उहाँका अनुसार उपचारमध्ये राजकुमार स्याङ्तानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको स्वास्थ्य सामान्य छ । प्रवक्ता भट्टराईले भन्नुभयो, “नक्सालको भाटभटेनी आगलागीका भएको थियो । त्यो भाटभटेनी भत्काउने क्रममा उहाँहरु पुरिनुभएको हो ।”
उहाँका अनुसार आइतबार दिउँसो साढे ३ बजे यो दुर्घटना भएको हो ।




