घाँटीमा बोसो अट्कँदा एकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २८ गते । चितवनको कालिका नगरपालिका ७ त्रिनाथ टोलका एक पुरुषको घाँटीमा बोसो अट्केर मृत्यु भएको छ ।
स्थानीय ६५ को झमत प्रसाद पनेरुको घाँटीमा बोसो अट्केर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

आफ्नै घरमा मादक पदार्थ सेवन गरी बिहीबार दिउँसो स्थानीय इन्द्रमायाँ मोक्तानको भट्टी पसलमा गइ राँगाको काँचो बोसो खाँदा पनेरुको घाँटीमा अट्की गई बेहास् हुनुभएको थियो ।
बोहोस भइ एक्कासी ढली उपचारको लागि नयाँ मेडिकल कलेज लगिएकोमा बिहीबार दिउँसो १५ः०० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयको भनाई छ ।

ताजा समाचार

Related Articles