खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २८ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ गोल्चेमा बाघले आक्रमण गर्दा एक जना महिला घाईते हुनुभएको छ ।
काउसी सामुदायिक वनमा बस्ने वर्ष ४२ की दुलीमाया लामालाई बिहीबार दिउँसो बाघले आक्रमण गर्दा घाइते हुनुभएको बागमती प्रदेश प्ररी कार्यालय, हेटौँडाले जनाएको छ ।

बाख्रा चराउन गएकोमा बाघले आक्रमण गरी घाईते भएपछि लामाको धुलिखेल अस्पतालमा उपचार गरिएकोमा थप उपचार ट्रमा सेन्टर अस्पताल, काठमाडौँमा भएको छ । प्रहरीका अनुसार लामाको दुवै हात र ढाडमा चोट लागेको छ ।




