करिब एक हजार केजी गाँजासहित एक जना पक्राउ

लोकप्रिय

सप्तरी, मङ्सिर ७ गते । सप्तरी, कञ्चनरुप नगरपालिका वडा नं. ०२ बरमझिया स्थितबाट लागू औषध गाँजा ( बोरा र प्लास्टिक सहित ९८९ किलोग्राम तथा बोरा र प्लाष्टिक बाहेक ९७८ किलोग्राम ), ना ५ ख ५३५ नं.को ट्रक सहित जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१३ बस्ने बर्ष २५ को संजय श्रेष्ठलाई बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा पुर्व पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जादै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरी लुकाई छिपाई गरी राखेको अवस्थाबाट उक्त लागू औषध गाँजा फेला पारी लागू औषध र ट्रक सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

Related Articles