राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा १३ दलको निवेदन

लोकप्रिय

काठमाडौँ, मङ्सिर ७ गते । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ राजनीतिक दलले निवेदन पेस गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ गतेदेखि आजसम्म निवेदन पेस गर्ने कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

यसैगरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ५६ राजनीतिक दलले निवेदन पेस गरेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगको स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने क्रम १० गतेसम्म रहनेछ ।

ताजा समाचार

Related Articles