चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

लोकप्रिय

हेटौँडा, मंसिर १३ गते । मकवानपुर प्रहरीले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेको कैदीले चोरी गरी बेचेको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा न. ७ हरियाली स्थित सडकखण्डबाट मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका.वडा नं. १५ भोर्ले बस्ने वर्ष २१ को अभिषेक वाईवाले चलाउँदै आएको बा ४० प ४२९५ नं.को मोटरसाइकल रोकी जाँज गर्दा सो मोटरसाइकलको कागजपत्र केही नपाइएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गर्दा उक्त मोटरसाइकल सोही स्थानका वर्ष २६ को राजेश खातीले बिक्री गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । उहाँले वाईवालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
निज राजेश खाती गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धरा काठमाडौँबाट भागी फरार भएका खाती हाल पुनः पक्राउ परी कारागार कार्यालयमा रहेका छन् ।

 

ताजा समाचार

Related Articles