युवा देश बनाउने पुस्ता हो

लोकप्रिय

हेटौँडा, मंसिर १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले युवा पुस्ता सिर्जना र निर्माणको शक्ति भएको बताउनुभएको छ ।
उहाँले जेन्जी पुस्ताहरुले गरेको प्रदर्शनीमा ठुलो घुसपैठ भएको भन्दै त्यो घुषपैठले गर्दा जेन्जी अर्थात् नयाँ पुस्तामाथि कालो दाग लगाउने काम भएको बताउनुभयो ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकास्थित पर्यटकीयस्थल मार्खुमा बसेको नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको पूर्ण बैठकमा बोल्दै उहाँले जेन्जी पुस्ता सकारात्मक र रचनात्मक पुस्ता भएको बताउनुभयो ।
उहाँले युवा पुस्ता सकारात्मक र रचनात्मक पुस्ता हो, सिर्जना र निर्माणको पुस्ता हो, युवा भनेको सिर्जना र निर्माण पनि हो । देश बनाउने पुस्ता हो भन्दै तर आज कालो धव्वा दाग लाग्न पुगेको अवस्था छ यो राम्रो होइन, यो हामीले बुझ्नु पर्छ र बुझाउनु पर्ने बताउनुभयो ।

गणतन्त्र र संघीयतालाई मास्न खोज्नेहरु, हिजोको परम्परागत शक्तिहरुलाई मास्न खोज्नेहरु र जेलबाट निस्किएर प्रधानमन्त्री भई दिन्छु भन्नेहरुलगायतका विभिन्न किसिमका मान्छेहरुबाट जेन्जी पुस्ताहरुले गरेको प्रदर्शनीमा ठुलो घुषपैठ गरियो कांग्रेस सभापति बानियाँले भन्नुभयो त्यो घुषपैठले गर्दा जेन्जी अर्थात् नयाँ पुस्तामाथि कालो दाग लगाउने काम भएको छ । धब्बा लागेको छ ।
जेन्जी प्रदर्शनीका क्रममा राजनीतिक व्यक्तिको घर तोड्ने, घरमा आगजनी गर्ने र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने काम भयो तर यो युवा पुस्ताको लक्ष्य र उद्देश्य थिएन उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले अब कांग्रेसले पार्टीभित्र सम्पूर्ण एकता कायम राख्दै अगाडि बढ्नुको विकल्प नभएको भन्दै अहिले अवस्थामा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक भएको बताउनुभयो ।
कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले पार्टीको वडादेखि जिल्ला भेला गर्ने, क्रियाशील सदस्यताको व्यवस्थापन गर्नेलगायतका निर्णयहरु गरेको कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिनुभयो । यसअघि कांग्रेस ईन्द्रसरोवर गाउँपालिका समितिले मुख्यमन्त्री बानियाँको स्वागत तथा सम्मान गरेको थियो ।

ताजा समाचार

Related Articles