सरिखेत स्वास्थ्य चौकी भवन निर्माण सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १५ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर २ कुँडुलेमा सरिखेत स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नुभएको हो ।
गाउँपालिकाको एक करोड १८ लाख २३ हजार रुपियाँको लागतमा स्वास्थ्य चौकी भवन निर्माण हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त स्वास्थ्य चौकी भवनले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अझ सहज हुने अपेक्षा गरिएको छ ।
भवन शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष मल्लले केही समयअघिसम्म सिटामोलजस्ता सामान्य औषधिको पहुँच नपुग्ने पालिका अहिले स्वास्थ्य संरचना निर्माण हुन थालेको बताउनुभयो । सुत्केरी आमा पोषण कार्यक्रममार्फत स्वास्थ्य चौकीमा आउनेको संख्या बढेको उल्लेख गर्दै मल्लले कच्चा र जीर्ण भवनमा सेवा दिँदै आएका स्वास्थ्यकर्मीका लागि नयाँ भवनले काम गर्न सहज हुने बताउनुभयो ।

सरिखेत स्वास्थ्य चौकीले १,२,३ नम्बर वडालाई समेट्ने छ । छ कोठे उक्त वास्थ्य चौकी भवन निर्माण गर्त तीन रोपानी जग्गा स्थानीय शान्ता कुमारी दर्जी र मिठु नेपालीले दान गर्नुभएको हो ।
वडा नं. २ का वडाध्यक्ष बुद्धराम मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, स्वास्थ्य संयोजक विजयकुमार कापरी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी, प्रशासन सहायक पुनम कुमार रुम्बा, वडा सचिव लोकेंद्र ओलीलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles