काठमाडौँ, मङ्सिर २९ गते । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरु प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका छन् पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता भएको छ । पार्टी पदाधिकारीमा ओली र पोखरेलका अ आफ्नै उम्मेदवारहरु रहनु भएको छ । ओलीले महासचिवका लागि सुरेन्द्र पाण्डेलाई अघि सारिरहँदा इश्वर पोखरेललेले सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ । यसै गरी अन्य पदाधिकारीमा पनि छुट्टा छुटै उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ ।




