मधेस प्रदेश सरकारका दुई मन्त्रीको सपथ

लोकप्रिय

जनकपुरधाम, मङ्सिर २९ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् आज विस्तार गर्नुभएको छ । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुखबाट नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रुपमा सपथ लिनुभएको हो ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले प्रदेश प्रमुखको सचिवालयमा साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यसअघि बिना विभागीय मन्त्रीको रुपमा रहनुभएका कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाइसक्नुभएको छ । दुई मन्त्री थपिएसँगै प्रदेश सरकार ६ सदस्यीय भएको छ । अहिले सरकारमा कांग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १/१ जना मन्त्री रहनुभएको छ ।

ताजा समाचार

Related Articles