खासकुरा संवाददाता
हेटौँडा, पुस १२ गते । हेटौँडा उपमहानगरपालिका ११ स्थित नवलपुरमा स्कुटर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
स्मारक जाने बाटो नजिक पूर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट स्मारकतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ४८९ न.को स्कुटरले बाटो क्रस गर्ने क्रममा विपरीत दिशा मनहरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.२८ प ३३६१ नं. स्कुटर शुक्रबार साँझ ठक्कर खान गई दुर्घटना हुँदा पाँच जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरुमा बा.प्र.०३–००५ प ४८९ न.को स्कुटर चालक हेटौँडा ११ सिद्धार्थ टोल बस्ने वर्ष २४ का पुजन कार्की, सोही स्कुटरमा सवार निजको दिदी वर्ष २८ कि पुजा कार्की र सोही स्कुटरमा सवार पुजा कार्कीको छोरा वर्ष ११ महिनाको नयन थापा रहेका छन् । यस्तै ना.२८ प ३३६१ नं. स्कुटर चालक हेटौँडा १ चौकीटोलका वर्ष २९ का रामचन्द्र गोपाली र सोही स्कुटरमा सवार हेटौँडा ११ थानाभ¥याङका वर्ष २८ का विजय चौलागाईं रहनुभएको छ ।
घाइतेहरुको हेटौँडा अस्पताल र चुरे अस्पतालमा उपचारपछि गएराति डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।




