दिव्यतारा सहकारीको इन्द्रसरोवरमा सेवा केन्द्र एकाइ सभा सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १४ गते । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौँडाको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सदस्य सेवा केन्द्रको एकाई सभा सम्पन्न भएको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नं. २ स्थित कुलेखानीमा शनिबार पाँचौ वार्षिक एकाइ सभा सम्पन्नभएको हो ।
सदस्य सेवा केन्द्रको वार्षिक एकाई सभाको उद्घाटन गर्दै दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव ईश्वर पण्डितले सहकारीले नागरिकमा बचत गर्ने बानीको विकासमा सहयोग पुगेको बताउनुभयो ।

संस्थाले शेयर सदस्यहरुको अधिकतम हितका लागि काम गर्दै आएको भन्दै उहाँले ऋण लिएरपछि समयमा साँवा व्याज तिर्ने र नियमित बचत गर्न आग्रह गर्नुभयो ।
सदस्य सेवाकेन्द्र ईन्द्रसरोवर गाउँपालिकाका संयोजक निर्मला रुम्बाको अध्यक्षता तथा जमानसिंह वाइवाले स्वागत गर्नुभएको सभामा सजना नगरकोटी, विष्णुकुमार कार्की, हरि लामा, विनय कार्की, हरि लामा, चाहना लामा, रोजिना भ्लोनलगायतको आतिथ्यता रहेको थियो ।

सभामा उत्कृष्ट दैनिक बचतकर्ता इन्द्रसरोवर गाउँपालिका ५ का समिना डङ्गोल, उत्कृट मासिक बचतकर्ता इन्द्रसरोवर गाउँपालिका २ का अजय भ्लोन, उत्कृष्ट बचतकर्ता इन्द्रसरोवर गाउँपालिका ३ का रसिमका नगरकोटी र समयमा साँवा व्याज बुझाउने उत्कृष्ट ऋणी इन्द्रसरोवर गाउँपालिका २ का किरोज बलामीलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles