शीतलहरले सप्तरीमा दुई पालिकाको विद्यालय बन्द

लोकप्रिय

कल्याणपुर (सप्तरी), पुस १४ गते । केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् । शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुन थालेका हुन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरेर पुस १४े देखि १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालय बन्द गरेको छ । डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले पालिकाअन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको जानकारी दिनुभयो ।

यस्तै, राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले सूचना जारी गर्नुहुँदै अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पाँच दिनका लागि बिदा दिने जनाउनुभएको छ । वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी सोमबारदेखि शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।

सप्तरीमा विगत दुई सातादेखि चिसो बढेको र चारदिनदेखि लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ भने बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।

ताजा समाचार

Related Articles