खासकुरा संवाददाता
हेटौँडा, पुस १५ गते । चितवनको भरतपुर महानगरपालिका १० मा भएको सवारी दुर्घटनामा एकको मृत्यु र तीन जना घाइते भएका छ ।
भरतपुर महानगरपालिका १० स्थित दीपेन्द्र चोकमा ना. २ ह. ३१७७ नं.को अटो र ना ६२ प ९७६३ नं.को मोटरसाइकल सोमबार राति ठक्कर खाई पल्टिएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

अटो चालक चितवन कालिका नगरपालिका ७ का वर्ष ३६ का धनबहादुर गुरुङको दुर्घटनामा परी मृत्युभएको हो । गुरुङको गएराति ११ः०० बजेको समयमा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते हुनेहरुमा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका ८ का वर्ष १८ को आयुश प्रजा, मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका ७ का र्ष १८ को विजय तामाङ र भरतपुर महानगपालिका १३ की १८ वर्षीया मीना गुरुङ रहेका छन् ।
उनीहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीको भनाई छ ।




