गण्डकी समाजको अध्यक्षमा महेन्द्र राउत निर्वाचित

लोकप्रिय

खासकुरा संसाददाता
हेटौँडा, वैशाख २६ गते । गण्डकी समाज, मकवानपुरको अध्यक्षमा महेन्द्र राउत निर्वाचित हुनुभएको छ ।
समाजको शनिबार हेटौँडामा भएको चौथो साधारण तथा दोस्रो अधिवेसनले राउतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा डा. गोपीराम वञ्जारा, हरिमाया ढकाल, राम थापा, महासचिवमा प्रेमनाथ अधिकारी, सचिवमा सरस्वती तिमिल्सिना, कोषाध्यक्षमा रामनाथ बगाले र सहसचिवमा सुशील सुवेदी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद गौतमले जानकारी दिनुभयो ।

यस्तै समाजको अधिवेशनबाट सदस्यहरुमा शिव शर्मा पोख्रेल, लेखनाथ अधिकारी, निरा थापा, सुजाता मैनाली, सावित्री राना मगर, दीपक गुरुङ, सन्तोष पौडेल, जिधराज ढकाल, भीमप्रसाद लामिछाने, भक्तबहादुर केसी, धनराम विक, राधा सापकोटा र मोहन राना निर्वाचित हुनुभएको छ ।
समाजका अध्यक्ष बुद्धि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोमा तिमिल्सिनाले समाजलाई साझा संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्ला न्यायाधीशद्वय पूर्णिमा कोइराला र निर्मला सुवेदी, विष्णु कोइराला, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट, समाजका सल्लाहकारहरु रघुरमण न्यौपाने, विष्णु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत र हेटौँडा स्कुल अफ म्यानेज्मेण्टका प्राचार्य पुरनबहादुर जोशीलाई सम्मान गरिएको थियो । यस्तै, लोकगायिका शिला आलेलाई लोगगीतको संरक्षणमा योगदान पु¥याएको भन्दै कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।

 

ताजा समाचार

Related Articles