काठमाडौँ, पुस २३ गते । राष्ट्रिय सभा सदस्य पदमा नेकपा (एमाले) का आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले महासचिव शङ्कर पोखरेलका अनुसार एमालेको तर्फबाट लीला भण्डारी (सुदूरपश्चिम), मीना रखाल (कर्णाली), रामकुमारी झाक्री (लुम्बिनी), सम्झना देवकोटा (गण्डकी), प्रेम दङ्गाल (बागमती), रेखा झा (मधेश), रोशनी मेचे (कोशी), र सोम पोर्तेल (कोशी) रहनु भएको छ।

उहाँहरूले आज आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ। राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, एमाले र मधेशवादी दलले तालमेल गरेर उम्मेदावरी दर्ता गराएका छन् ।




