काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज छलफल भएको छ । उहाँहरुबीच निर्वाचन केन्द्रित छलफल भएको हो ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफल फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रेस विज्ञ रावलले जानकारी दिनुभयो ।




