सरकार छाडेर चुनावमा जानु बेइमानी

लोकप्रिय

काठमाडौँ, माघ १९ गते । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार छाडेर चुनावमा जानु कुनै बेइमानी नभएको स्पष्ट गर्नुभयो । “त्यसबेला जेनजी समूहको आग्रहमा उहाँहरुलाई मन्त्री बनाइएको हो ।
जति दिन बस्नुभयो इमानदार रुपमा काम गर्नुभयो । राजीनामा दिएपछि चुनावमा लड्न वा आफ्नो रुचिको क्षेत्रमा जान पाउनुहुन्छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अन्तरिक सरकारको मन्त्री छाडेर निर्वाचन लड्न गएकै आधारमा सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी वा कुनै दलको प्रभाव छ भन्ने यथार्थ होइन । हामी कसैको प्रभावमा छैनौँ । म आफैँ पनि कुनै राजनीतिक व्यक्ति नै होइन, त्यसकारण त्यस्तो टिप्पणीहरुको अर्थ छैन ।”
वर्तमान सरकारमा मन्त्री रहनुभएका कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनको प्रतिस्पर्धामा उत्रनुभएको छ ।

ताजा समाचार

Related Articles