मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश गौतम विजयी

लोकप्रिय

हेटौँडा, फागुन २४ गते । प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार प्रकाश गौतम निर्वाचित हुनुभएको छ। आइतबार सार्वजनिक मतपरिणाम अनुसार गौतमले ३६ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रदेश निर्वाच अधिकारी हरिप्रसाद ढकालका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय ९डिना०ले १४ हजार ३८ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, नेकपा ९एमाले० का रामेश्वर रानामगरले १२ हजार ७८३, नेपाल कम्युनिस्ट पार्टीका विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ र राप्रपाका दीपकबहादुर सिहले चार हजार ५७४ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

ताजा समाचार

Related Articles