मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेती निर्वाचित

लोकप्रिय

मकवानपुर, फागनु २४ गते । मकवानपुरको क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेति विजयी हुनु भएको छ ।
प्रदेश निर्वाचन अधिकारी बागमती प्रदेशका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार उप्रेतिले ३० हजार ५० मत ल्याई निर्वाचित हुनुभएको हो ।
आइतबार बिहान सार्वजनिक मतगणनाको परिणाम अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२, उज्यालो नेपाल पार्टीका प्रविनकुमार स्याङ्तानले छ हजार २३७, श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका राम घलानले मत पाउनु भएको छ ।

ताजा समाचार

Related Articles