मकवानपुरमा करेण्ट लागेर वडा सदस्य गोलेको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ११ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ ।
बकैया–११ स्थित पिपलडाँडालेकका ४२ वर्षीय गोलेलाई सडकमा लत्रेको बिजुलीको तारमा प्रवाह भएको करेण्ट लागेर मङ्गलबार मृत्युभएको हो ।
बकैया गाउँपालिका वडा ११ नम्बरका वडाध्यक्ष गोपाल नेसुर लामाले वडा कार्यालयको बैठकमा सहभागी जाने क्रममा बाटोमा झरेको बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको भन्दै करेण्ट लागेर गम्भीर भएपछि उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

विद्यालय जाने क्रममा विद्यार्थीहरुले गोलेलाई बिजुलीको तारमा बेरिएर लडेको अवस्थामा देखेपछि स्थानीयलाई जानकारी गराएपश्चात् उहाँलाई उद्धार गरिएको थियो ।
वडा सदस्य गोले वडा कार्यालयमा बैठकमा जाँदै गर्दा लत्रेको तार हटाउने क्रममा करेण्ट लागेको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष लामाले बताउनुभयो ।
गोले स्थानीय तह निर्वाचन २०७४ बाट लगातार वडा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ ।

ताजा समाचार

Related Articles