ओली र लेखकको रिहाइको माग गर्दै एमाले मकवानपुरले ज्ञापनपत्र बुझायो

लोकप्रिय

हेटौँडा, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग गर्दै एमालेले जिल्लाका प्रशासन कार्यालय, मकवानपुरमार्फत संघीय सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
ओली र लेखकलाई तत्काल रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एमाले मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्र बुझाउन एमालेका नेताहरु रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, बलराम बललगायत पुग्नुभएको थियो । ज्ञापन पत्र बुझाएपछि कार्यकर्तालाई संवोधन गर्दै एमाले नेता रानाले जनमतको भावना विपरीत प्रतिशोधपूर्ण रुपमा गरिएको पक्राउको विरोध गर्नुभयो । यसअघि पार्टी कार्यालयबाट निस्केको जुलुश बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
एमाले नेता र कार्यकर्ताहरुले सरकारको विरुद्धमा नाराबाजी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो सङ्ख्यामा तैनाथ गरिएको थियो ।

ताजा समाचार

Related Articles