काठमाडौँ, चैत १५ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको हो । आज दर्ता भएको रिटमाथि भोलि अर्थात सोमबार सुनुवाई हुने भएको छ ।




