काठमाडौँ, चैत १५ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरूद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।




