भानुभक्त जयन्तीमा हाजिरीजवाफ प्रतियोगिता

लोकप्रिय

हेटौँडा, असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा गण्डकी समाज मकवानपुरले चन्द्रोदय माध्यमिक विद्यालय, हेटौँडा–८ को समन्वयमा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
गण्डकी समाज मकवानपुरका अध्यक्ष महेन्द्र राउतको अध्यक्षता तथा बागमती विश्वविद्यालयका उपाध्यक्ष डा. कुशुम सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार सूर्यचन्द्र न्यौपाने, रघुरमण न्यौपाने, विष्णु श्रेष्ठ, उदय पण्डितलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा पाँच समूहबीच प्रतिस्पर्धा भएको संस्थाका महासचिव प्रेम अधिकारीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles