हेटौँडा, असार २९ गते । मकवानपुरको बागमती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप प्रवद्र्धनका लागि स्काउट ड्रेस तथा ड्रमसेट वितरण गरेको छ।
गाउँपालिकाका सामाजिक विकास संयोजक कमान सिङ पाख्रिनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केश घलान प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ड्रेस तथा ड्रमसेट वितरण गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, कार्यपालिका सदस्य भिम भुजेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १३ वटा विद्यालयका ५५ जना छात्रा र ५५ जना छात्र गरी जम्मा ११० जना विद्यार्थीलाई स्काउट ड्रेस वितरण गरिएको हो । यसैगरी, १३ वटा विद्यालयलाई एक÷एक सेट ड्रमसेट प्रदान गरिएको छ ।
गाउँपालिकाका अनुसार विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता तथा सहकार्यको भावना विकास गराउने उद्देश्यले स्काउट ड्रेस वितरण गरिएको हो ।




