खासकुरा संवाददाता
हेटौँडा, चैत २७ गते । उद्योग सङ्घ मकवानपुरको अध्यक्षमा श्रीहरि मास्के निर्वाचित हुनुभएको छ । सङ्घको बिहीबार हेटौँडामा भएको २४ औँ साधारण सभा तथा १८ औँ अधिवेशसनले मास्केलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

सङ्घको १५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा किशोर अर्याल, उपाध्यक्ष सुयशराज पराजुली, महासचिवमा शिरोमणि प्याकुरेल, सचिव बुद्धराज अर्याल, कोषाध्यक्षमा दिवस चौलागाई र सहकोषाध्यक्षमा शरद चन्द्र भट्टराई निर्वाचित हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यमा त्रानराज लामा, सविना सडौला, कृष्णप्रसाद न्यौपाने, लिलाचन्द्र तिमिल्सिना, प्रलाद घिमिरे, कुमार श्रेष्ठ र बजरङ्ग सिंह तवँर निर्वाचित हुनुभएको छ ।




