हेटौँडा, चैत २७ गते ।
नेपाल औषधी व्यवसायी सङ्घ मकवानपुरको अध्यक्ष पदमा विष्णु थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
शुक्रबार हेटौँडामा सम्पन्न सङ्घको १६औँ वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भरतबहादुर कार्की, थोकतर्फको उपाध्यक्षमा निलम वैद्य र खुद्रातर्फको उपाध्यक्षमा यादव अर्याल चयन हुनुभएको छ ।

त्यस्तै महासचिवमा कृष्णहरि न्यौपाने, कोषाध्यक्षमा सलामसिंह लामा, सचिवमा विनिता बानियाँ र सह–कोषाध्यक्षमा नरहरि थापा निर्वाचित हुनुभएको सङ्घले जनाएको छ ।
सदस्यहरूमा सचिता पोखरेल, सुरेश श्रेष्ठ, तीर्थमान श्रेष्ठ, प्रज्ञान घिमिरे र भागवत तिमल्सिना चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष थापाले औषधी व्यवसायलाई व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षणमा सक्रिय रूपमा काम गर्ने बताउनुभयो।




