थाहामा खोलामा डुबेर बालिकाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । मकवानपुरको थाहा नगरपालिका ६ वज्रबाराहीस्थित बाराहीखोलामा डुबेर एक बालिकाको मृत्युभएको छ ।
ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका ६ घर भई हाल थाहा ६ वज्रबाराहीस्थित लिफ्टिङ सिँचाईको काम गर्ने विकाश लिम्बुको छोरी करिब ६/७ वर्षीया युनिसा राईको खोलामा डुबेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडले जनाएको छ ।

आइतबार बाराहीखोला नजिक खेलिरहेकोमा खेल्दै जाने क्रममा सोही खोलामा डुबेको निजको आमा बालकुमारी राईले देखेपछि पानीबाट निकाली तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुरमा ल्याइएको थियो ।
उपचारको क्रममा आइतबार १८ः३० बजे डाक्टरले मृत घोषणा गरेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार २०ः४५ बजे मृतक बालिकाको मुचुल्का पश्चात शव परीक्षणका लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ ।

ताजा समाचार

Related Articles