विधिको शासन प्रधानमन्त्रीले समेत मान्नुपर्छ

लोकप्रिय

मकवानपुर, वैशाख ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताउनुभएको छ । कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उहाँले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानविनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभयो ।  कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उहाँले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रकृयाअनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो । कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उहाँले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताउनुभयो । सभापति थापाले विशेष महाधिवेशसनको अध्याय सकिएको भन्दै अब यसलाई बिर्सेर अगाडि बढ्नु पर्छ । विशेष महाधिवेसनको बहसलाई यहीबाट छोड्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पुर्याउनुपर्ने बताउनुभयो । महामन्त्री प्रदीप पौडेलले परिस्थिति बदलिएकोले बदलिएको परिस्थिति अनुसार चल्ने नेतृत्व आवश्यक भएको भन्दै आमजनताको दैनिकी सँग जोडिने क्रियाशील सदस्यको काम हो र बदलिँदो शैलीलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
उहाँले गृहमन्त्रीमाथि उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने भन्दै विद्यार्थी सङ्गठनको नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेकोले अवमूल्यन गर्ने काम र कुरा कतैबाट हुन नहुने बताउनुभयो ।
अर्का महामन्त्री गुरुराज घिमिरेले कांग्रेसलाई जनता चाहेका बाटोमा हिडाउन पुनर्जागरण आवश्यक भएको भन्दै समयमा नै पार्टीको १५ औँ महाधिवेशन हुनु पर्नेमा जोड दिनुभयो ।
राम्रो गर्नेलाई प्रोत्साहन नराम्रो गर्नेलाई दण्ड दिने र दण्ड गरिएन भने पार्टी अराजकतामा जाने उहाँको भनाई छ ।
कांग्रेसका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीलाई एक बनाएर लैजानु अहिलेको आवश्यकता भएको भन्दै सरकारका गलत कामका कारण आफै विवादमा तानिएको बताउनुभयो ।
कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यउम्मेदवार बनेका र बागमती प्रदेशभित्रका जिल्ला सभापतिहरुले कांग्रेसमा रुपान्तरणसहित सम्पूर्ण एकतामा जोड दिनुभएको थियो ।

ताजा समाचार

Related Articles