एपीएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

लोकप्रिय

हेटौँडा, वैशाख १९ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौँको चित्लाङ एफसीले एपीएफलाई पराजित गर्दै पहिलो जीत निकालेको छ ।
बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा शनिबार भएको खेलमा चित्लाङले एपीएफलाई २–१ गोलले हराएको हो ।
चिल्ताङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११ औँ मिनेटमा पेनाल्टीमार्फत र एरोन थापाले दोस्रो हाफको ६० औँ मिनेटमा एक–एक गोल गर्नुभएको थियो । यस्तै एपीएफका बुद्धिमान राईले ४७ औँ मिनेटमा गोल गर्नुभएको थियो ।

प्लेयर अफ दि म्याच चित्लाङका लक्ष्मण थापा घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
चित्लाङले अब मछिन्द्र क्लबसँग सेमिफाइनल प्रवेशका लागि मङ्गलबार खेल्ने भएको छ। मछिन्द्र बागमती गोल्डकपको छैटौँ संस्करणको विजेता र सातौँ संस्करणको उपविजेता टिम हो ।
प्रतियोगिता अन्तर्गत आइतबार सातौँ संस्करणको विजेता चर्च ब्वाइज र सर्लाहीको बागमती युथबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुने कार्यतालिका रहेको छ ।

ताजा समाचार

Related Articles