काठमाडौँ , वैशाख २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्नु भएको छ । यसअघि राष्ट्रपतिले फिर्ता गरेको सोही अध्यादेश सोमबार बसेको मन्त्रीपरिषद बैठकले केही परिवर्तन नगरी पुनः दोस्रोपटक सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपतिले आज अध्यादेश जारी गर्नु भएको हो । अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ६ जनामध्ये ४ जना सदस्य उपस्थित भए गणपुरक पुग्ने र उपस्थित सदस्यको बहुमत ३ जनाबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको बताइएको छ ।




