प्रदेशका चार जना सचिवको पदस्थापना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते । बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय र योजना आयोगमाचार जना सचिवहरुको पदस्थापन गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुलाई प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले महेश भट्टराई सहकारी तथा गरिबी निवारण मन्त्रालय, नारायण मैनाली आर्थिक मामिला तथा योजना मन्त्रालय र अनिता निरौलालाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरेको जानकारी दिनुभयो ।

यस्तै प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव हेमराज भुसाललाई नीति तथा योजना आयोगमा पदस्थापन गरिएको छ । मन्त्रीपरिषद् बैठकले काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कको सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles