रास्वपाका सांसदहरु र मन्त्रीहरुबीच बजेट बारे छलफल

लोकप्रिय

काठमाडौँ, वैशाख २३ गते । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बजेट विनियोजनका लागि सांसदहरुले मन्त्रालय चाहार्नु पर्ने अवस्था नआओस् भनेर सरोकारवाला मन्त्री र सांसदहरुबीच छलफल चलाएको छ । रास्वपाको संसदीय दलको कार्यालय सिंहदरवारमा आज सांसदहरुसँग दुई जना मन्त्रीहरुले छलफल गरेका छन । भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र यसका प्राथमिकताका बारेमा सम्बन्धित मन्त्रीहरुसँग कुराकानी भएको रास्वपा सांसद राजिव खत्रीले जानकारी दिनुभयो ।

अर्थ मन्त्री डा स्वर्णिम वाग्ले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग रास्वपाका सांसदहरुले आज छलफल गरेका हुन । उहाँले आफ्नो क्षेत्रमा बजेट विनियोजन गर्न यसअघि मन्त्रालय धाउनुपर्ने अवस्था रहेको र त्यो अब नहोस् भन्नका लागि मन्त्रीहरुसँग सांसदहरुको सामुहिक छलफल भएको उल्लेख गर्नुभयो ।

एक अर्को प्रसंगमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सांसद खत्रीले सुकुम्बासीहरु रहेका होल्डिङ सेन्टरमा खानपिन र बसोवासको राम्रो व्यवस्था भएपनि उनीहरुमा मानसिक तनाव देखिएको उल्लेख गर्नुभयो । विभिन्न होल्डिङ सेन्टरको अवलोकन गर्ने क्रममा  सुकुम्बासीहरुमा केटकेटीको पढाइ र आगामी वसोबासको बारेमा चिन्ता भएको उहाँको भनाइ थियो । उनीहरुलाई व्यवस्थित वसोबासको बन्दोबस्त गर्न सरकार लागि परेको पनि उहाँले उल्लेख गर्नुभयो ।

ताजा समाचार

Related Articles