हेटौँडा, असार १० गते । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८३/०८४ का लागि अनुमानित आयव्ययसहितको ५५ करोड ८४ लाख ६९ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको १८ औं गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

सभामा उपाध्यक्ष मल्लले बजेटमा आयतर्फ संघको वित्तीय समानीकरणबाट ९ करोड ८९ लाख, सर्शतमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानबाट एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रुपियाँ रहेको छ । प्रदेशतर्फ वित्तीय समानीकरणमा ८१ लाख ९८ हजार, शर्सतमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदानमा २ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार ९१० रुपियाँ सभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार बजेट प्रस्तुत गरेका हुन् । बजेटमा आयतर्फ संघको वित्तीय समानीकरणमा ९ करोड ८९ लाख, शर्सतमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानमा एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रहेको छ प्रदेशतर्फ वित्तीय समानीकरणमा रु. ८१ लाख ९८ हजार, शर्सतमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदानमा द्यइ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार ९१० रुपियाँ रहेको छ ् । गाउँपालिकातर्फ भने विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, व्ययतर्फ आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ १५ करोड ७० लाख, सामाजिक विकास तर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपियाँ रहेको छ । गाउँपालिकातर्फ भने विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपियाँ आय हुने अनुमान गरिएको छ ।
त्यस्तै, व्यवतर्फ आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ १५ करोड ७० लाख, सामाजिक विकास तर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपियाँ रहेको छ ।

गाउँसभामा अध्यक्ष लोकबहादुर मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित विभिन्न कार्यक्रम गरिनुका साथै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा विकास र विस्तार गरिनुका साथै असल अभ्यासका कार्यक्रमहरुलाई आगामी वर्ष पनि गरिने जनाइएको छ ।
नीति कार्यक्रममा एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणाका लागि आवश्यक कार्य गर्ने भन्दै कृषि क्षेत्रमा रैथाने बाली खेतीको संरक्षण र विस्तार गरिने, बाँझो जमीन नराखौं, उत्पादन बढाऔँ भन्ने हेतका साथ कृषिलाई आधुनिक र व्यावसायिक बनाउने बताउनुभयो ।

अध्यक्ष मुक्तानले स्वास्थ्यतर्फ वीपी स्मृती कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरि आकस्मिक स्वास्थ्य सेवा गरिने बताउनुभयो । कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ अभियान सञ्चालनलाई निरन्तरता रहने बताउँदै जिरो होम डेलिभरी नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम गर्ने उल्लेख छ । सुशासन, पारदर्शिता र वित्तीय अनुशासन सुदृढ गर्दै बक्यौता, पेश्की तथा बेरुजु फछर्यौटलाई प्राथमिकता दिई शून्य बेरुजुतर्फ गाउँपालिकालाई उन्मूख गराउने पालिकाले नीति लिएको छ ।




