सरकारले नागरिकको घर भत्काएर बेघर बनाउन निरङ्कुश कदम चालेको छः सांसद राई

लोकप्रिय

मकवानपुर, वैशाख २६ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले नागरिकको बासको अधिकार हुन्छ र यो मौलिक हक भएको बताउनुभएको छ । सांसद राईले शनिबार हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्वासी बस्तीको निरीक्षणपछि उहाँको स्वागतमा आयोजित कार्यक्रममा नेपालमा अव्यवस्थित बसोबासी र सुकुम्वासीको समस्या समाधान गर्नु पर्ने बताउनुभयो । उहाँले सरकारले गरेका हरेक कामको खबरदारी गर्ने हो सरकारको कामको मूल्याङ्कन हुन्छ भन्दै अरु कोही रहलान वा नरहला तर म सुकुम्वासी र अव्यवस्थित बसोबासीको पक्षमा रहने छुँ बताउनुभयो ।

प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा सुकुम्वासीको समस्या समाधानका बारेमा आफूले धारणा राखेको भन्दै उहाँले भन्नुभयो, त्यो समस्याको समाधान घर भत्काएर, जनतालाई खेदाएर घरबारविहीन बनाएर हुँदैन भन्ने सवालमा म स्पष्ट छु ।  उहाँले अगाडि भन्नुभयो, घर बनाएर बस्ने अधिकार सबैको छ । नागरिकको घर सरकारले आतङ्क मच्चाउने दृष्टिले भत्काउनु हुँदैन भन्ने पक्षमा हामी छौँ । अध्यक्ष राईले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँगको छलफलमा सरकारले घर भत्काएर बेघर बनाउन निरङ्कुश कदम चालेको भन्दै मेचीदेखि महाकालीसम्मका सबै त्यसको विरुद्धमा एक जुट हुन आग्रह गर्नुभयो ।

जनताको साथमा छुँ, सडक र सदनबाट सुकुम्वासीको समस्याका सवाल उठाउने छौँ, उहाँले भेला भएका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आश्वस्त पार्दै भन्नुभयो । उहाँले सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गर्दै आएका नागरिकको समस्यालाई हल गर्ने कि उनीहरुलाई बिस्तापित गर्ने हो भन्दै घर भत्काएर जनतालाईलखेट्ने कार्यतर्फ सरकार आफै लाग्नु उचित नभएको बताउनुभयो ।

ताजा समाचार

Related Articles