खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते । मकवानपुरको बागमती गाउँपालिका ७ धनसाई स्थित मदन भण्डारी लोकमार्गमा विद्युतीय कार शुक्रबार बिहान दुर्घटना भएको छ ।
सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३० च ८५३० नम्बरको विद्युतीय कारको अगाडिको बायाँतर्फको टायर पन्चर भई अनियन्त्रित भएर सडकको बायाँ साइडको डिभाइडरमा ठोक्किएर सडक भन्दा करिब १० मिटर तल बगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कारमा सवार चालकसहित तीन जनामध्ये कार चालक भक्तपुर सूर्यविनायक नपा ४ का वर्ष ४५ का भरत कार्की सामान्य घाईते भएपछि स्थानीय मेडिकलमा उपचार भएको छ ।

यस्तै मकवानपुर भीमफेदी गापा ८ भ¥याङडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा शुक्रबार बिहान बाटोमा नै डिब्बा ट्रक पल्टिएर बाटो अबरुद्ध भएको छ ।
हेटौँडाबाट काठमाडौँतर्फ डाईपर लोड लिई जाँदै गरेको ना६ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडकको भित्ता पट्टी थुप्रेको ढुङ्गा खस्न गई गाडीको चक्का सोही ढुङगामा चढी अनियन्त्रित भई पल्टिएर बाटो अबरुद्ध भएको हो । ट्रक हटाई बाटो खुलाउनको लागी सडक विभागसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।
गाडीमा चालक सहित तीन जना सवार रहेकोमा दुई जना सामान्य घाईते भई उपचारका लागि गएको र ट्रक चालक फरार रहेका छन् ।




