लागुऔषधसहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते । हेटौँडा उपमहानगरपालिका ६ खुमलटार स्थित सडकखण्डबाट मकवानपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडा १० का २१ वर्षीय रोनक खड्गी र वडा नं.१८ का २९ वर्षीय रोशन मालबुललाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ५१० मिलिग्राम लागुऔषध खैरोहेरोईन बरामद गरिएको छ । दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्यभईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles