कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

लोकप्रिय

विराटनगर, जेठ ७ गते  । कोशी प्रदेश सभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका  प्रदेश प्रमुख परशुराम खापुङ्गले  प्रदेश सभाको बैठकमा  नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रमले दीर्घकालीन महत्वका नीतिगत निर्णय, १६ औँ आवधिक योजना, प्रदेशको चालु आवधिक योजना, दिगो विकास लक्ष्य, मध्यम आय भएका मुलुकमा स्तरोन्नतिपश्चात् दिगोपन सुनिश्चित गर्ने रणनीति कार्यान्वयनमा जोड दिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिई समावेशी, दिगो र गुणस्तरीय संरचना निर्माणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ताजा समाचार

Related Articles