विद्युतीय गाडी दुर्घटना हुँदा छ जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते । भीमफेदी–कुलेखानी सडकको मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतस्थित मोडमा विद्युतीय गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नं.को विद्युतीय गाडी बुधबार साँझ तीव्र गतिका कारण अनियन्त्रित भई सडकको वाया साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त गाडी दुर्घटना हुँदा चालकसहित आठ जना सवारमध्ये छ जना घाइते भई नेशनल अस्पताल कलंकी काठमाडौँ पठाएको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा बा.प्र.०३–००१ ज १३७१ नं.को विद्युतीय गाडीका चालक हेटौँडा उपमहानगरपालिका १ लालझाँडीका ३९ वर्षीय पूर्ण बहादुर रुम्बा, उक्त गाडीमा सवार तनँहु जिल्ला बन्दिपुर नपा .९ का ३८ वर्षीय मनोज गुरुङ, निजको श्रीमती २८ वर्षीया उषा गुरुङ, धनुषा जिल्ला मुखियापट्टी मुसहरमिया गापा ४ का ४१ वर्षीय विकास झा, भारतको बिहार प्रदेश सीतामडी जिल्ला मेजरगंज ९ का ३४ वर्षीय सोनु रौनिहार र निजको श्रीमति २७ वर्षीय संगीता रौनियार रहनुभएको छ ।

ताजा समाचार

Related Articles