आगामी आवको बजेटलाई साझा बनाइने छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, जेठ १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई साझा बजेट बनाइने बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रदेश सभाको बैठकमा मङ्गलबार जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेश सभा व्यक्त विचारको सम्मान व्यक्त गर्दै प्रदेश सभा विचार विमर्श विवेचना गर्ने रचनात्मक टिप्पणी स्थल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, सरकारले सुन्ने र सहने हो । सच्चिने हो सुधार गरेर अगाडि बढ्ने हो । यो नै लोकतन्त्रको सुन्दरपक्ष हो ।
मुख्यमन्त्री बानियाँले उद्योग,पर्यटन, यातायात, पूर्वाधार, खेलकुदका सवाल नीति तथा कार्यक्रममा समेटिएको भन्दै नीति तथा कार्यक्रममा उठेका संशोधनका कुरालाई बजेटबाट संवोधन गरिने बताउनुभयो ।
सरकारले प्रदेश सभा बैठकप्रति जिम्मेवार भएर बजेट आउने भन्दै नीति तथा कार्यक्रमलाई गरिखोनका लागि हुने छ ठगी खानेका लागि होइन भन्नुभयो ।

ताजा समाचार

Related Articles