हेटौँडा, जेठ २१ गते । हेटौँडामा यही जेठ ३० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हेटौँडा ४ नं. वडा कार्यालयको आयोजना, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको सहआयोजना
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाको विशेष सहयोगमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको व्यवस्थापनमा हेटौँडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा तेस्रो पटक शिविर हुन लागेको हो ।

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले शिविरमा मुटु रोग, स्त्री रोग र क्षय रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
शिविरमा भिडियो एक्सरे, ईसिजी, ईको सेवा, सुगर र लिपिड प्रोफाईल जाँच, छातीको एक्सरे, पिएफटी (दम जाँच), महिलाको पाठेघर र पाठेघर मुखको क्यान्सर जाँच गरिने छ । शिविरको प्रमुख उद्देश्य स्वास्थ उपचारमा सबैको पहुँच पु¥याउन र स्वस्थ नगर निर्माण अभियानलाई सबैले सार्थक प्रयत्न गरौँ भन्ने रहेको छ ।




