जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

लोकप्रिय

हेटौँडा, जेठ २१ गते । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा सरस्वतीको खेल मैदानमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको वडाध्यक्ष जुना दाहालले बुधबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन खेलमा आयोजक संस्थाका ए—बी टीम बिच प्रतिस्पर्धा भएको थियो । बुधबारका दिन छ वटा टिमले खेल प्रदर्शन गरेको कार्यक्रम संयोजक संजय बिडारीले जानकारी दिनुभयो ।

जेठ २४ गतेसम्म चल्ने उक्त भलिबल खेलमा १३ वटा टीमले प्रतिस्पर्धा गर्ने आयोजक सज्जन रिमालले जानकारी दिए । सरस्वती टोलविकास संस्थाका अध्यक्ष गोकुल बिडारीको सभाध्यक्षतामा भएको भलिबल प्रतियोगिताको समापनमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेकुद तथा भलिबलको विभिन्न बिधामा उत्कृष्ट रहि योगदान पुर्याउने अग्रज तथा खेलाडीहरुलाइ सम्मान गर्ने आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles