राष्ट्रपति रनिङ शिल्डको उपाधि बागमतीलाई

लोकप्रिय

हेटौँडा, जेठ २२ गते । साविक विजेता बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न छ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सह–आयोजनामा भएको प्रतियोगितामा सात प्रदेशबाट ६८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles