एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने

लोकप्रिय

दाङ, जेठ २५ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाका यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोल्पाका रोका मगर र सचेतकमा लामिछानेलाई नियुक्त गर्नुभएको हो ।

दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको छ । यसअघि प्रमुख सचेतक रहनुभएका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर हुनुहुन्थ्यो । चौधरीले सोमबार नै कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ। त्यस्तै, सचेतक रहनुभएकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो।

ताजा समाचार

Related Articles