दाङ, जेठ २५ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाका यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोल्पाका रोका मगर र सचेतकमा लामिछानेलाई नियुक्त गर्नुभएको हो ।

दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको छ । यसअघि प्रमुख सचेतक रहनुभएका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर हुनुहुन्थ्यो । चौधरीले सोमबार नै कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ। त्यस्तै, सचेतक रहनुभएकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो।




