हेटौँडा, जेठ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको प्रथम अधिबेशन नेतृत्व चयन बिनानै स्थगित गरिएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन रद्द भन्दै गरिएको प्रचार भ्रामक भएको भन्दै तत्कालका स्थगन गरिएको जनाएको छ । रास्वपाले अधिवेशन स्थगित हुनुका तीन वटा कारण भएको सूचना जारी गर्दै भनेको छ ।
मङ्गलबारबाट सुरुभएको अधिवेशनको निर्वाचन प्रक्रिया लम्बिएपछि बुधबारका लागि मतदानका लागि तय गरिएको थियो । तर मतदान सुरु भएपछि मतदाता नामावलीमा विवाद भएसँगै मतदान सुरु भए लगत्तै मतदान स्थगित गरिएको हो ।

मतदान कार्य रोकिएसँगै अधिवेशनस्थलबाट प्रहरीले अधिवेशन प्रतिनिधिलाई बाहिर निकालेर खाली गराएका थिए । अधिवेशनस्थल खाली गराउने क्रममा प्रहरी र रास्वपाका कार्यकर्ताबिच भनाभनसमेत भएको थियो ।
रास्वपाका मकवानपुरका अधिवेशन प्रतिनिधि किशोर अर्यालले अधिवेसन प्रतिनिधिको बारेमा विवाद देखिएकापछि अर्को सूचना नभएसम्मका लागि अधिवेसन स्थगित भएको जानकारी दिनुभयो ।
मतदान सुरु भएपछि विवाद उत्पन्न भएसँगै बुधबार बिहान ८ः०० बजेबाट मतदान कार्य सुरु गर्ने गरी सूचना जारी गएिको थियो । मत मतदान सुरु नगरी स्थगित गरिएपछि अधिवेशन प्रतिनिधि असन्तुष्टि जनाउँदै फर्किएका थिए ।
रास्वपाको प्रदेश सभापतिका चार जना र सदस्यहरुका लागि गरी ८५ जनाको उम्मेदवार दर्ताभएको थियो ।
तर मतदातको नाममा नै विवाद र असन्तुष्टि महाधिवेसन सुरु भएसँगै अधिवेशन प्रतिनिधिले जनाएका थिए ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन रद्द नभएर केही समयका लागि स्थगन गरिएको स्पष्टिकरण दिएको छ । मतपत्र देखिएको केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न र करिब चार सय समायोजन सूचीमा देखिएको उजुरी विवादको उचित सम्बोधन गर्न निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई अस्थायी रुपमा स्थगन गर्नु परेको जनाएको छ ।
रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन स्थगित गरिएको एक सूचना जारी गर्दै बताउनुभएको छ । मतदान सुरु हुनुभन्दा २४ घण्टा अगावै आधिकारि सूचनामार्फत जानकारी गराइने जनाइएको छ ।




