मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

लोकप्रिय

जनकपुरधाम, , जेठ २८ गते । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि जेठ १५ गते मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम माथिको छलफल सकेपछि निर्णयार्थ मधेश प्रदेशका सभामुख  रामआशिष यादवले प्रस्तुत गर्नु हुँदा सर्वसम्मतिले पारित गरेको हो ।

नीति तथा कार्यक्रम ध्वनि मतले पारित गर्नका लागि सभामुख यादवले निर्णयार्थ प्रस्तुत गर्नु हुँदा पारित भएको छ । नीति तथा कार्यक्रममा प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकसेवा आयोग तथा जनलोकपाल आयोगका सदस्य नियुक्तिको विषयलाई लिएर अवरोध गर्दै आएका थिए । नीति तथा कार्यक्रम माथि प्रदेश सभामा दर्ता भएको संशोधन प्रस्ताव मध्ये सत्तारुढ दल नेकपा एमालेका राजकुमार लेखीको संशोधन प्रस्ताव बाहेक अन्य ६ वटा संशोधन प्रस्ताव प्रदेश सभाको बैठकले अस्वीकृत भएको हो ।

नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गरेपछि बैठक स्थगित भएको हो । यसअघि नीति तथा कार्यक्रममा विभिन्न दलका प्रदेश सभाका सदस्यहरुले राख्नु भएको जिज्ञासाहरूको जवाफ अर्थमन्त्री यूवराज भट्टराईले यस पटक १ करोड भन्दा कमको कुनै योजना नपर्ने बताउँदै प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सूचना प्रविधि तथा भौतिक पूर्वाधारमा जोड दिएको बताउनु भयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles