हेटौँडा, असार ८ गते । लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्वको ३९ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत हेटौँडामा सवारी चालकहरुको “लागु पदार्थ सेवन” चेकजाँच गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. २ चौकीटोल र वडा नं. १५ रातोमाटेमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र जनस्वास्थ्य कार्यालय, हेटौँडाकोे सहकार्यमा लागु पदार्थ सेवन जाँच गरिएको ।

कार्यक्रममा लामो तथा छोटो दुरी चल्ने निजी तथा यात्रुवाहक सवारी चालक गरी ११० जनालाई जाँच गर्दा १० जना सवारी चालकले लागु पदार्थ सेवन गरेको पाईएको छ । लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।




